Loading...
Share Market News

अब नयाँ आईपीओकाे ताँती लाग्दै, कहिलेबाट आउँदैछन् अब आईपीओ ? कति वटा आउँदै छन् ? थाहापाई राख्नुहाेस

नेपाल धितोपत्र बोर्ड अध्यक्ष विहीन भएकाले लामाे समयदेखी कुनै पनि सार्वजनिक निष्कासन भएका छैनन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर बसेका ५२ कम्पनीले बजारबाट पूँजी सङ्कलन गर्न अझै केही दिन पर्खनु पर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले अध्यक्ष विहीनताको अवस्थामा सार्वजनिक निष्कासन स्वीकृतिमा जाेखिम नलिँदा आवेदकहरूले अझै केही दिन पर्खनु पर्ने भएको हो।

बोर्डले गत भदौ ९ गते एफपिओ निष्कासन अनुमति दिए यता गत असोजमा आएर एक ऋण पत्र निष्कासन स्वीकृति दिएको छ। ऋण पत्रलाई स्वीकृति दिनै पर्ने दबाव थेग्न नसकेपछि बाध्य भएर बोर्डले उक्त ऋण पत्र स्वीकृत गरेको हो।

उक्त ऋणपत्र पनि बोर्ड सञ्चालक समिति बैठकबाट निर्णय गराइ अनुमति दिइएको हो। सो ऋणपत्र बाहेक कुनै पनि सार्वजनिक निष्कासनलाई अनुमति दिइएको छैन। दिने तयारी समेत बोर्डको छैन।

सार्वजनिक निष्कासन स्वीकृतिका लागि बोर्डमा अध्यक्ष हुन जरुरी हुन्छ। अध्यक्ष नहुँदा हत्तपत्त निष्कासन अनुमति दिइदैन। बोर्ड अध्यक्ष नियुक्तिमा अझै समय लाग्ने देखिएको छ। सरकारले बोर्ड अध्यक्ष नियुक्तिको लागि प्रक्रिया सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *