Loading...
Share Market News

कुन कम्पनीको शेयर कहिले किन्ने र कहिले बेच्ने? यसरी बनाउन सकिन्छ शेयर खरिद योजना

काठमाडौं। दोस्रो बजार सँधै बढ्ने या घट्ने भन्ने हुँदैन। समय समयमा राजनतिक आर्थिक घटनाक्रमले शेयर बजारलाई प्रभावित पारेको हुन्छ। यसैको आधारमा कम्पनीको बजार मूल्य तलमाथि हुने गरेको पाइन्छ।

दोस्रो बजारमा धेरैले रुचाएका केही कम्पनीको शेयर मूल्य घट्ने र बढ्ने निश्चित समयमा हुने गरेको देखिन्छ। ती कम्पनीको हरेक वर्ष चैतदेखि बजार मूल्य बढ्न थालेको पाइन्छ। चैतदेखि बढ्न थालेको शेयर बजार असार साउनसम्म बढ्ने गरेको पाइन्छ। यसै अवधिमा शेयर बिक्री गरेर नाफा बुक गर्छन् भने कोही अधिकतम मूल्यमा शेयर खरिद गरेर घाटामा पर्छन्।

उदाहरणको लागि सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल टेलिकमको बजार मूल्य छ महिना निरन्तरजसो बढेको पाइन्छ। पाँच वर्षको अवधिमा ती छ महिनाहरुमा ५ पटक बजार मूल्य बढेको पाइन्छ।

यस चार्टलाई हेर्ने हो भने पाँच वर्षको अवधिमा पुस, माघ, फागुन, असार र कात्तिक महिनामा शेयर खरिद गरेर चैत, साउन, भदौ, असोज महिनामा बेच्नेले राम्रो नाफा गर्ने देखिन्छ। टेलिकमको शेयर मंसिर, पुस र फागुनमा मूल्य घट्ने गरेको पाइन्छ। टेलिकमको शेयर पुस महिनामा खरिद गरेर असोज महिनामा बिक्री गर्नेले सबैभन्दा धेरै कमाउन सक्छन्।

(माथिको चार्ट पाँच वर्षको तथ्याङ्कका आधारमा प्रस्तुत गरिएको छ। चार्टको माथिल्लो भागले कति वटा महिना बढेको र कति वटा महिनामा घटेको जानकारी दिन्छ। त्यस्तै तल्लो भागले सम्बन्धित महिनामा शेयर बजार बढेको या घटेको जानकारी प्रदान गर्छ। यसले गर्दा कुन महिना शेयर किन्ने र कुन महिनामा बेच्ने जानकारी लिन सकिन्छ।)

त्यस्तै बाणिज्य बैंकहरुमध्ये नविल बैंकलाई अधिकांस लगानीकर्ताहरुले धेरै रुचाउने गरेको पाइन्छ। नविल बैंकको बजार मूल्य ५ वर्षको अवधिमा ५ वटै चैत र  चार वटा साउनमा बढेको पाइन्छ। नविल बैंकको शेयर प्राय असोज, कात्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा घट्ने गरेको पाइन्छ। नविल बैंकको शेयर मंसिरमा किनेर साउनमा वेच्ने लगानीकर्ताले राम्रो नाफा गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *