Loading...
Share Market News

के अब साँच्चै सेयर बजार ३५ सयको लयमा हिँडेकै हो त ? यस्ताे कुरा आयाे..

मंगलबार पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा १३ वटै उपसमूह उकालाे लागेका छन् । काराेबार रकम पनि आइतबारकाे तुलनामा बढेकाे छ ।

साताको तेर्सो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुगेको छ । नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ ।

आईतबार सोमबारको तुलनामा आज नेप्से केही स्थिर रहेको थियो । दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

जानकारहरुले अब बजारले सम्पूर्ण असर गर्ने कुरा पचाइसकेकाे हुँदा आफ्नो लयमा अघि बढ्ने बताउँछन् । बजार यस अघि पनि ३२ को बिन्दुमा पुगेर फर्केको हो ।

आज बैंक तथा वित्तीय संस्थाहरुले भाेलि (मंसिर १ गते) देखि लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरूकाे ब्याजदर बढेकाे छ ।

अधिकांश वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १०.०५ प्रतिशतसम्म पुगेको छ। ब्याजदर वृद्धिले पनि सेयर बजारमा भने प्रभाव पारेकाे छैन । बजारमा राैनकता देखिएकाे छ । दिनहुँ बढ्दाे काराेबार रकमले पनि लगानीकर्ताकाे मनाेबल बढेकाे पुष्टि गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा पुगेकाे छ । नेप्से २.५५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १४.९२ अंकले बढेर ५२१.४६ विन्दुमा पुगेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे एक कराेड ९३ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८ सय ५७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *