Loading...
Share Market News

कोरम नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा स्थगित

काठमाडौं : गणपूरक संख्या (कोरम) नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा स्थगित भएको छ । बरुणले बिहीबार (पुस २९ गते) सभा बोलाएको थियो ।

सभा स्थगित भएपछि कम्पनीले अब एक हप्ताअघिनै सूचना प्रकाशित गरेर जानकारी गराउने जनाएको छ । बरुणले १००% हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

यसको लागि बरुणले १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्ने तयारी गरेको थियो । हकप्रद निष्कासनको लागि बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

पुस महिनाको अन्तिम दिन सुन–चाँदीको भाउमा सामान्य वृद्धि

काठमाडौं : पुस महिनाको अन्तिम दिन अर्थात शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार

छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *