Loading...
Today Trending

गायिका मेलिना राई निशान भट्टराई संग सालघारीमा, जसका कारण बजार भरी चल्यो हल्ला

अहिलेका जल्दा बल्दा गायक निशान भट्टराई तथा चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडल पश्चात चर्चामा आएका निशानले थुप्रै हिट गीतहरु दिईसकेका छन् ।

निशान र मेलिनाको स्वर, सञ्जिब कोयीको शब्द तथा दिलीप कोयीको संगीतमा सजिएको सालघारीमा बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।

युटुबमा सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विजय पुन लाई देख्न सकिन्छ । आशिष राईको निर्देशनमा शुट गरिएको यो गीतको छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। दृश्यको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् ।

वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो । निशान र मेलिनाको यस गीतलाई दर्शकले रुचाएका छन् । यो गीत एकदमै रोमान्टिक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *