Loading...
Viral

ट्राफिक प्रहरी र पूर्वयुवराज पारस शाहबीच झगडा (भिडियो)

काठमाडौं । पूर्व युवराज पारस शाह र ट्राफिक प्रहरीबीच झगडा भएको छ।

शुक्रबार साँझ साढे ७ बजे महाराजगन्ज स्थित नारायण गोपाल चोकमा प्रहरी र पारस बीच विवाद भएको हो।

हेल्मेट नलगाई मोटरसाइकलमा यात्रा गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि पारस आक्रोशित भएका थिए।

हेल्मेट नलगाइ मोटरसाइकल चलाएको भन्दै पारसलाई प्रहरी कार्यालय लग्न ट्राफिक प्रहरीले खोजिरहेको थियो।

तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्?’ भनिरहेको भिडियोमा सुनिन्छ।

ड्युटीमा रहेका प्रहरीले सञ्चार सेटबाट माथिल्लो तहका अधिकारीलाई पारसलाई लग्नका लागि गाडी पठाउन भनेका थिए। तर, माथिबाट छाडिदिन आदेश आएपछि पारस छुटेका हुन।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट उनलाई छुटाएर लगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *