Loading...
Share Market News

तीन कम्पनीको सेयर मूल्य उच्च दरमा बृदि,प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । बुधवार मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले वृद्धि भएको छ ।

साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य ४८ रुपैयाँ ९० पैसाले वृद्धि भई ५६५ रुपैयाँ कायम भएको छ ।

यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६५ प्रतिशत अर्थात प्रतिकित्ता २९ रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य ४६५ रुपैयाँ पुगेको छ ।

त्यसैगरि पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य पनि ८ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३८० रुपैयाँ कायम भएको छ ।

Read this also : बजार थोरै अंकले बृद्धि हुदा किन गुमाए जीवन बीमा कम्पनीहरुले

काठमाडौ । बुधबार सेयर बजार परिसुचक (नेप्से) थोरै अंकले बढेको छ । प्रि ओपनिङ सेसनमा करिव ४ अंकले उकालो लागेको बजार कारोबार बन्द हुदासम्ममा १.८२ अंकले उकालो लागेर २७३४.९३ अंकमा अडिएको छ ।

यसदिन सवैभन्दा बढी विकास बैंक समुहको परिसुचक उकालो लागेको छ । यसदिन सो समुहको ४२.८१ अंकले उकालो लागेको छ । त्यस्तै बुधबार बैकिङ, कारोबार र जीवन बीमा कम्पनीको सेयर कारोबार ओरालो लागेको छ ।

यसदिन सवैभन्दा बढी ओरालो लाग्नेमा जीवन बीमा कम्पनी रहेको छ । सो समुहको बजार ६१.२५ प्रतिशतले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *