Loading...
Latest Updates

दर्शकले घाँटी अँठ्याए पनि गायक राजेशपायलले भने’ मलाई पछाडिबाट आउने अँगालो पनि स्वीकार्य छ’

काठमाडौँ : ‘तिम्रो मन’ भनेर गाउँदा गाउँदै एक दर्शक स्टेजमा पछाडिबाट आएर गायक राजेश पायल राइलाई झ्याप्पै घाँटीमा अँठ्याउँछन्। हात कसिदै गएपछि राई बल लगाएर फुत्किन्छन्। कार्यक्रममा सहभागीहरू को हो त्यो भन्दै कराउँछन्। केही दर्शकले राजेश दाई कन्टिन्यु गर्नुस् भन्दै माहौल सम्हाल्ने प्रयास गर्छन्।

धेरै पढिएको ‘ब्लाइन्ड डेट’ को निर्माण टिमले दर्शकलाई यसरी उल्लु बनायो ‘मेरो आँसु चुकाउन सक्छौँ’ भन्दै भिटेनले दरबारमार्गमा पैसा फालेर…. हिजो झुम्मिने फ्यानले आज चिन्दैनन् यी कलाकार

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो दृश्य अमेरिकाको न्युयोर्कको हो जहाँ राईमाथि यो अप्रत्याशित घटना भएको थियो। न्युयोर्कवासी नेपालीलाई नयाँ वर्ष २०२२ मा रमाइलो गराउन उनी त्यता गएका थिए।

तर कार्यक्रम आयोजकको लापरबाहीले राई धन्न दुर्घटनामा पर्नबाट जोगिए। उनलाई जुन दर्शकले पछाडिबाट अँगालो मारेका थिए उनले सन्तुलन बिगार्दा राईलाई केही अप्ठ्यारो भएको देखिए पनि दर्शकको उद्देश्य उनलाई भौतिक क्षति पुर्याउने देखिएन। त्यसैले त यो घटना लगत्तै माहौल सामान्य भइहाल्यो।

राईले माहौल सामान्य बनाउने प्रयास गर्दै भने’ अगाडिबाट आएको ज्वालामुखी पनि पचाउँछु जस्तो लाग्दछ। मलाई पछाडिबाट अँगालो पनि स्वीकार्य छ।’

उनले ‘राजेश पायल राई हार्न जान्दछ न भाग्न जान्दछ’ भन्दै अगाडि भने’ राजेश पायल राई त्यो देशको माटोले जन्माएको हो जहाँको माटो छुनु पनि स्वर्ग पुगेको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *