Loading...
Share Market News

निफ्राकाे सेयर छ भने फेरी मालामाल ! आयो फेरी खुसि को खबर पढ्नुहोस

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्यमा सामान्य बढोत्तरी आएको छ । साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य १.४२ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले मात्र वृद्धि भएको छ । योसंगै बैंकको सेयर मूल्य आज ३५८ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको २ लाख ४ हजार ८५२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यसैबीच बुधबार नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ । नेप्से परिसूचक बढ्दा पनि सेन्सेटिभ परिसूचक भने झिनाे अंकले घटेकाे छ । यसले लगानीकर्तामा खुसीयाली छाउन सकेन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा झरेको छ ।

कूल २२७ वटा कम्पनीकाे ७४ लाख ४५ हजार २ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेको छ ।

आज पनि नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड १५ लाख ५६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ६५ रूपैयाँ पुगेकाे छ ।

आज गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । फाइनान्सकाे सेयरमूल्य २.५५ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय ४२ रूपैयाँ झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *