Loading...
Share Market News

फरवार्ड माइक्रोफाइनान्सको आकर्षक लाभांश घोषणा, सेयर बोनस र नगद कति ?

काठमाडौं-फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले ३५ प्रतिशत सेयर र ७ प्रतिशत नगद गरी ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांशको प्रस्ताव गरेको हो। लाभांश नेपाल राष्ट्र बैंकले स्विृकत गरेर साधारणसभाले पास गरेपछि सेयरधनीले पाउने छन्।

Read this also : नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ता मालामाल ! कति प्रतिशत बोनस ?

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्नको लागि प्रस्ताव गरेको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो।

बीमा समितिले असोज ४ गते र अर्थ मन्त्रालयले मङ्सिर २० गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो । बीमा समिति र अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै अब कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृति पाएसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *