Loading...
Share Market News

फेरी नेप्सेमा उछाल, तर हाइड्राेमै किन झुम्मिए लगानीकर्ता ? यस्ताे भन्छन जानकार

पाैसकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार अर्धसतक भन्दा धेरैले बढेकाे छ । बढेकाे बजारमा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह बढेकाे छ ।

पछिल्लो नेप्सेको वृद्धिमा अन्य क्षेत्रको तुलनामा जलविद्युत क्षेत्रका कम्पनीहरुको मूल्य नबढेकै कारण अहिले लगानीकर्ताहरु जलविद्युत सेक्टर मै फर्किएको बताउँछन् सक्रिय लगानीकर्ता रेशम गिरी ।

“पछिल्लो समयको बजारमा लगानीकर्ताहरुले हरेक दिन जसो सेक्टर परिवर्तन गरीरहेका छन् । पछिल्लो समय नेप्से परिसूचक २२ सयको विन्दुबाट २८०० को विन्दुसम्म आईपुग्दा अन्य सेक्टरमा हरपयाली आएपनि जलविद्युत कम्पनीहरुमा भने आएको थिएन । त्यही भएर आज यो सेक्टर लगानीकर्ताको रोजाईमा पर्यो ।” उनले भने ।

“अर्को कुरा अन्य क्षेत्रको तुलनामा सप्लाई समेत कम भएकाले पनि लगानीकर्ताहरु यसमा लागेको हुनसक्ने देखिन्छ, दिर्घकालिन रुपमा यस्ता कम्पनीमा लगानी गर्नु त्यती उपयुक्त नहुने भएपनि अल्पकालिन कारोबारीहरुका लागि यो सेक्टर सधै रोजाइमा पर्ने गर्छ ।” उनले भने ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर काराेबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेकाे छ । नेप्से १.९३ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ८.९४ अंकले बढेर ५३०.८३ विन्दुमा पुगेको छ ।

कूल २२४ वटा कम्पनीकाे एक कराेड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *