Loading...
Share Market News

महिला लघुवित्त र जीवन विकास बीच कडा टक्कर, कसका लगानीकर्ता मालामाल ?

केही समयअघि आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

दोश्रो बजारमा महिला लघुवित्तको सेयरमूल्य ५ हजार ७ सय ४९ रूपैयाँसम्म पुगेको थियो भने जीवन विकास लघुवित्तको सेयरमूल्य पनि अधिकतम ५ हजार ५ सय १६ रुपैयाँसम्म पुगेको थियो ।

त्यसैले हामीले यी दुई संस्थाहरूको वित्तीय सूचकलाई तुलनात्मक रूपले हेरेका छौँ । यी दुई संस्थाहरूको वित्तीय विवरण तुलना गरेर हेर्दा प्राय सबै प्रमुख वित्तीय सूचकहरूमा जीवन विकास लघुवित्त अब्बल देखिएको छ ।

जीवन विकास लघुवित्तले यही असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *