Loading...
Viral

मोडल अन्जलि अधिकारीको स्टुड्योमै रुवावासी, किन आउछिन सधै बिबादमा ? यस्तो रहिछ वास्तविकता (भिडियोसहित)

कलाकारहरुको जीवन वाहिर हेर्दा निकै राम्रो देखिन्छ । उनीहरु हाँसीखुसी देखिन्छन् । तर भित्रि कथा भने अर्कै हुन्छ । यस्तै वारम्बार समस्यामा पर्ने कलाकार हुन् अञ्जली अधिकारी ।

आफ्नो कलाका क्रममा यस्ता वास्तविकता पोख्न नपाएपनि साक्षात्कारहरुमा भने उनीहरुले आफु माथि परेका समस्या सुनाउने गरेका छन् । आफुहरुले भोगेका संघर्षका कथाहरुले उनीहरुको आँखा पनि रसाउँछ ।

पछिल्लो पुस्ताकी निकै चर्चित कलाकार हुन् अञ्जली अधिकारी । उनी लोकसंगीतमा मोडलका रुपमा धेरै चर्चित छन् । सोचे झैं जिन्दगी रैनछ मा निकै राम्रो नृत्य गरेसंगै अञ्जलीको हाइट थप बढ्यो ।

अञ्जली गायक प्रकाश सपुतका गीतमा धेरै देखिने मोडल हुन् । प्रकाश सपुतले नै अञ्जलीलाई कलाकारीतामा ल्याएको भनिन्छ । तर उनले बद्रि पंगेनीको गीतवाट कलाकारीता सुरु गरेको भएपनि प्रकाश सपुतको बोल माया गीतवाट उनले आफ्नो उचाई बढाएकी हुन् ।

उनले आफुलाई घरमा कलाकारीतामा आउन राम्रो वातावरण नभएको बेलामा पनि प्रकाश सपुत, बद्री पंगेनी लगायतका अग्रजहरुले घरमै गएर अभिभावकको मन जितेका कारण आफु कलाकारीतामा आउन पाएको बताइन् ।

तर पछिल्लो समय प्रकाश सपुतको गीतमा अञ्जली नआएको देखिएका कारण उनीहरुबीचमा केही खटपट परेको हो की भन्ने आशंका गरिएको छ । उनलाई सामाजिक सञ्जालमा अनफ्रेण्ड पनि गरिएको कुरा सार्वजनिक भएका थिए । यो कुरा उनले अस्वीकार गरिन् ।

अञ्जलीले आफु बारम्बार विवादमा परिरहने कुरा स्वीकार गर्छिन । करोड क्लबमा पुगेको सोचे झै रैनछ जीन्दगीमा केक का ट् न नजाँदा आफु माथि गायीका मधु क्षेत्रीले लगाएको आरोप सम्झिएर उनी रोइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *