Loading...
Share Market News

वाणिज्य बैंकहरुले बढाएनन् निक्षेपको ब्याजदर

काठमाडौं : माघ महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै पुस महिनाको ब्याजदरलाई नै माघ पनि निरन्तरता दिइएको हो ।

यसअघि पुस महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए । सोहीअनुसार अहिले बैंकहरुले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले माघका लागि पनि मंसिरकै ब्याजदर प्रकाशन गर्ने सहमति भएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले माघका लागि आज शुक्रबार ब्याजदर प्रकाशन गरेका छन् ।

मंसिर महिनामा अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दतिमा १०.०५% दिने जनाएका थिए । सोही ब्याजदर माघ महिनामा पनि कायम भएको छ ।

सबैभन्दा कम ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसले माघ महिनामा पनि मुद्दति निक्षेपमा ९.५०% ब्याजदर दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *