Loading...
Viral

श्रीमान् अरु महिलासँग नसल्किउन् भनेर महिलाले अपनाउन थाले यस्ता नयाँ तरिका

श्रीमान्को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन्। पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्लाई औ,षधी खुवाइरहेका छन् । यो कुनै साधारण औ,षधी होइन, पुरुषलाई नपुंसक बनाउने औ,षधी हो ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्लाई गोप्य तरिकाले यस्तो औ,षधी खुवाइरहेका छन् जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गर्छन् ।

केही चिनियाँ श्रीमतीले आफ्ना श्रीमान्लाई गोप्य तरिकाले डाय,गाइलस्टीलबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ । यो औ,षधी एक प्रकारको सिन्थेटिक ए,स्ट्रोजन हो जसले पुरुषलाई इरेक्सनबाट रोक्ने गर्छ ।

चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् । विच्याटमा प्रकाशित एक लेखका अनुसार केही महिलाले अनलाइनमार्फत् औ’षधी अर्डर गरेको र गोप्य तरिकाले खानामा वा पेय पदार्थमा मिसाएर आफ्ना श्रीमान्लाई दिने गरेका छन् ।

यो औ’षधी खाएपछि केही धोकेबाज श्रीमान्ले आफ्नी श्रीमतीलाई धोका दिन बन्द गरेको पनि बताइन्छ । लेखमा केही महिलाको प्रतिक्रिया पनि लिइएको छ । यसमा एक महिलाले औ’षधीलाई प्रभावकारी बताएक छिन् ।

विश्व स्वास्थ्य संगठनले यो औष’धीलाई का’र्सिनोजनको रुपमा पहिचान गरेको छ । एक महिलाले भनिन्, ‘यो औ’षधी मैले खुवाउन सुरु गरेको दुई हप्तापछि नै असर देखिन सुरु भयो ।

’ महिलाले अब उनका श्रीमान् घरमा नै बस्ने र राम्रो व्यवहार गर्ने जानकारी दिइन् । यद्यपि, यो लेख सोसल मिडियामा भाइरल भएपछि अनलाइन प्लेटफर्मबाट यो औ’षधी गायब भयो । पत्रकारले लोकप्रिय अनलाइन प्लेटफर्ममा औ’षधी निकै खोजे तर पाउन नसकेको बताए ।

नियाक्सिआंग मर्निङ हेराल्डका अनुसार केही स्थानमा अहिले पनि गोप्य रुपमा सेतो पाउडरको रुपमा यो औ’षधी बेचिँदै छ जुन गन्धहीन छ र तुरुन्त पानीमा घोलिने गर्छ ।

एक पसलेले एक महिनाभित्र सयभन्दा बढी ग्राहकलाई यो औ’षधी बेचेको दाबी गरे । पसलमा काम गर्नेहरुका अनुसार औ’षधीले सामान्य रुपमा १५ दिनमा आफ्नो असर देखाउन सुरु गर्छ ।

राहतको कुरा के हो भने यो औ’षधीको सेवन गर्न बन्द गरेको २१ दिनमा इरेक्सनको क्षमता २१ दिनमा फिर्ता हुन्छ । यस्तै चीनका कानूनी विशेषज्ञले यो क्रममा यदि श्रीमानलाई कुनै शारीरिक हानी भएको अवस्थामा यस्ता श्रीमतीले आपराधिक कानूनको सामना गर्न पनि तयार हुनुपर्ने चेतावनी दिएका छन् ।

यस्तै यस्तो प्रकारको औ’षधी बेच्नेहरुले पनि कारवाहीको सामना गर्नुपर्ने हुन्छ । यहाँसम्म कि उनीहरुको लाइसेन्स सम्बन्धि लाइसेन्स पनि रद्द गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *