Loading...
Share Market News

हरियाली आएकाे बजारमा मध्यभाेटीकाेशीदेखी राधी जलविद्युतसम्मका यी कम्पनीका लगानीकर्ता मालामाल

यस महिनाको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार रौनकता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : माउन्टेन हाइड्रो नेपाल लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक, शिभ श्री हाइड्रोपावर, आइसिएफसि फाइनान्स, रसुवागढी हाइड्रोपावर, ङादी ग्रुप पावर, अपर तामाकोशी हाइड्रोपावर, राधि विद्युत कम्पनी र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

यसैगरी हरियाली बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २ सय ४५ रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अपि पावर, नेपाल इन्फ्रास्टक्चर बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर, ङाादी ग्रुप पावर, अरुण काबेली पावर, छिमेक लघुवित्त र नेशनल हाइड्रोपावर, कम्पनी लिमिटेड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *