Loading...
Share Market News

हान्याे ठूलाे उछाल, महिला लघुवित्तको सेयर भएकाहरु फेरी मालामाल

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले राम्रो प्रगति गरेको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४४.४१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६०.७३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी १ सय १४ रूपैयाँ ७१ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३ सय २८ रूपैयाँ ९४ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी १० करोड रूपैयाँ छ । संस्थाको जगेडा कोषमा २२ करोड ८९ लाख ४० हजार रुपैयाँ सञ्चित छ । संस्थाले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *