Loading...
Share Market News

५ बैंकसहित २२ कम्पनीको साधारणसभा आज, कसले कति दिँदैछन् लाभांश ?

काठमाडौं । राष्ट्रिय स्तरका ४ वाणिज्य बैंकसहित २३ वटा सूचीकृत कम्पनीको साधारणसभा आज हुँदैछ । पुस महिनाको अन्तिम दिन आज एकैपटक सो संख्यामा कम्पनीहरुको साधारणसभा हुन लागेको हो ।

कम्पनी ऐन २०६३ को व्यवस्था अनुसार प्रत्येक कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणससभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार साधारणसभा गरिसक्नुपर्ने मिति आज अन्तिम भएका कारण यति धेरै संख्यामा कम्पनीहरुले साधारणभा आह्वान गरेका हुने ।

यसरी सारणसभा बोलाउने कम्पनीमध्ये वाणिज्य बैंकमा सेञ्चुरी बैंक, हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र सिभिल बैंक रहेका छन् ।

त्यस्तै, विकास बैंकममध्ये कर्पोरेट डेभलपमेन्ट बैंकले आजै साधारणसभा बोलाएको छ । त्यस्तै, फाइनान्स कम्पनीमध्ये मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स र सेन्ट्रल फाइनान्स गरी ५ फाइनान्स कम्पनीले आजै साधारणसभा आह्वान गरेका छन् ।

लघुवित्त संस्थामध्ये फरवार्ड माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, आरएमडीसी लघुवित्त, कालिका लघुवित्त र आँधिखोला लघुवित्त गरी ५ संस्थाको साधारणसभा पनि आजै हुँदैछ ।

हाइड्रोपावर समूहतर्फ खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, कालिका पावर कम्पनी, मैलुङखोला जलविद्युत्, हिमालयन पावर पार्टनर गरी ५ कम्पनीको साधारणसभा पनि आजै हुँदैछ ।

त्यस्तै, निर्जीवन बीमातर्फ सानिमा जनरल इन्स्योरेन्सले पनि आजै साधारणसभा बोलाएको छ ।

कसले के के दिँदैछन् ?

१. वाणिज्य बैंक

आज साधारणसभा आह्वान भएका कम्पनीमध्ये वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक ३३.५ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश सहित ३८ प्रतिशत लाभांश प्रस्ताव गर्दैछ ।

त्यस्तै, हिमालयन बैंकले २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांशसहित २६ प्रतिशतको लाभांश दिँदैछ ।

त्यस्तै, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्दैछ ।

उता सेञ्चुरी बैंकले ५.७५ प्रतिशत बोनस शेयर र ०.३० प्रतिशत नगद लाभांश सहित ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरी साधारणसभा बोलाएको छ ।

सिभिल बैंकले ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश सहित ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

२. विकास बैंक

विकास बैंकतर्फ आज प्रादेशिक स्तरको कर्पोरेट डेभलपमेन्टले मात्रै साधारणसभा आह्वान गरेको छ । सो बैंकले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

३. फाइनान्स कम्पनी

फाइनान्स कम्पनीतर्फ साधारणसभा आह्वान भएका ५ कम्पनीमध्ये रिलायन्स फाइनान्सले सबैभन्दा बढी १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगल लाभांशसहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, मल्टिपर्पस फाइनान्सले सबैभन्दा बढी १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगल लाभांशसहित १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, पोखरा फाइनान्सले ८.०७५ प्रतिशत बोनस र ०.४२५ प्रतिशत नगद लाभांश सहित ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सेन्ट्रल फाइनान्सले ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांश दिँदैछ । समृद्धि फाइनान्सले भने यो वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन । यो फाइनान्सले सञ्चालकहरुको निर्वाचन भने गर्दैछ ।

४. लघुवित्त कम्पनी

लघुवित्त संस्थामध्ये फरवार्ड माइक्रोफाइनान्सले ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दैछ ।
त्यस्तै, आरएमडीसी लघुवित्तले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दा कालिका लघुवित्तले १३ प्रतिशत बोनस शेयर प्रस्ताव गर्दा र आँधिखोला लघुवित्तले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

५. जलविद्युत् कम्पनी

जलविद्युत् कम्पनीमध्ये कालिका पावर कम्पनीले यो वर्ष १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश दिँदैछ । बाँकी ४ कम्पनीले आज कुनै लाभांश घोषणा गरेका छैनन् ।

६. निर्जीवन बीमा

निर्जीवन बीमा कम्पनीमध्ये आज साधारणसभा आह्वान गरको सानिमा जनरल इन्स्योरेन्सले कुनै लाभांश प्रस्ताव गरेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *