Loading...
Share Market News

६ वटा कम्पनीको सेयर मूल्यमा लाग्याे सर्किट, कुन-कुन कम्पनीका लगानीकर्ता भए मालामाल ?

साताको तेस्रो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन नेपाल बंगलादेश बैंकसहित ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

मंगलबार बंगलादेश बैंकको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ ६० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ३५८ रुपैयाँ ६० पैसा कायम भएको छ ।

उक्त दिन नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ११६ रुपैयाँ १० पैसाले वृद्धि भई १ हजार २७७ रुपैयाँ १० पैसा, महालक्ष्मी विकास बैंकको प्रतिकित्ता ७५ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ ।

यस्तै, आज पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ १० पैसाले वृद्धि भई ३५३.५० रुपैयाँ, अपर तामाकोशीको प्रतिकित्ता ५८ रुपैयाँ ३० पैसाले वृद्धि भई ६४१.३० रुपैयाँ र मैलुङ खोला जलविद्युत कम्पनीको प्रतिकित्ता ४७.९० रुपैयाँले बढेर ५२६.९० रुपैयाँ कायम भएको छ ।

यसैबीच एनएलजी इन्स्योरेन्स कम्पनी र अपी पावर कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार एनएलजी इन्स्योरेन्सको १० लाख ९६ हजार ३७५.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै अपी पावर कम्पनी (API) को पनि २६ लाख २१ हजार ५९४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *